समाचारबिहीबार, जेठ १६, २०७०
फर्जी भर्ना विवादले स्ववियु निर्वाचन स्थगित
२३ जेठका लागि निर्धारित निर्वाचन १६ जेठमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियका उपाध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिए । नेविसंघ, अखिल, एनेकपा माओवादीसम्बद्ध अनेरास्ववियु(क्रान्तिकारी) र नेकपा–माओवादीसम्बद्ध अनेरास्ववियु(क्रान्तिकारी)संगको संयुक्त वार्ता असफल भएपछि त्रिभुवन विश्वविद्यालयले निर्वाचन स्थगन गरेको हो ।
उपाध्यक्ष लम्सालका अनुसार एमाओवादी र माओवादीसम्बद्ध विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्नाको विषयमा पालैपालो ताला लगाएपछि उम्मेदवारी दर्ता गर्ने दिन निर्वाचन सरेको हो । समस्या भएका क्याम्पसलाई छाडेर बाँकीमा निर्वाचन गर्न आफूहरूले राखेको प्रस्ताव एमाओवादीसम्बद्ध विद्यार्थीहरूले अस्विकारेको उनको भनाई थियो ।
