समाचारबिहीबार, जेठ १६, २०७०
निर्वाचन अध्यादेश अध्ययन गर्न कार्यदल
उच्चस्तरीय समितिको १६ जेठमा नयाँबानेश्वरमा बसेको बैठकले प्रमुख चार दलबाट दुई/दुई सदस्य रहने गरी कार्यदल बनाउने निर्णय भएको बैठकपछि कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए । कार्यदलमा एनेकपा माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, नेपाली कांग्रेसबाट रामशरण महत र मिनेन्द्र रिजाल, नेकपा एमालेबाट रघुजी पन्त र अग्नि खरेल तथा संयुक्त मधेसी मोर्चाको तर्फबाट ह्रदयेश त्रिपाठी र जीतेन्द्र देव सदस्य रहेका छन् ।
यसैबीच, बैठकले तत्काल समस्या समाधान गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन विश्वविद्यालय तथा विभिन्न विद्यार्थी संगठनहरुलाई आग्रह समेत गरेको छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री सिटौला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका विजयकुमार गच्छदार सहभागी थिए । समितिको अर्को बैठक २० जेठमा बस्ने भएको छ ।
