समाचारबिहीबार, जेठ १६, २०७०
निर्वाचन आयोगमा १३९ दलको आवेदन
आयोगमा १५ जेठ भित्र ३३ विघटीत संविधानसभामा प्रतिनिधित्व गर्ने दल र बाँकी नयाँ दलले आवेदन दिएका हुन । नयाँ दलले १० हजार मतदाताको हस्ताक्षर बुझाएर दर्ताका लागि आवेदन दिएका छन् । आयोगले १७ बैशाखदेखि १५ जेठसम्म दर्ता गर्ने समय दिएको थियो ।
१० हजार मतदाताको हस्ताक्षर बुझाएका अधिकांश दलहरुले क्षेत्रीय र जातीय मुद्दालाई महत्व दिने देखिन्छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने आवेदन दिएको छैन ।
