थप समाचारशुक्रबार, जेठ १७, २०७०

बीस वर्षपछि टीकापुरमा जहाज बस्यो

हिमालखबर

२० वर्षदेखि विमान अवतरण नगरेको कैलालीको टिकापुर विमानस्थलमा तारा एयरको ट्वीनअटर विमान (नाइन एनएइभी कल साइन) १७ जेठमा अवतरण गरेको छ ।

टीकापुर विमानस्थल निर्माण सञ्चालन तथा व्यवस्थापनको सक्रियतामा परीक्षण उडान गरिएको वताउँदै तारा एअरका प्रमुख शान्ता पराजुलीले टीकापुर विमानस्थल उडानका लागि उपयुक्त भएको बताइन् ।

वरिष्ठ पाइलट प्रभाकर घिमिरेले हवाइ उडानका लागि विमानस्थल उपयुक्त भएकाले नियमित उडानका लागि सबैको सहयोग आवश्यक भएको प्रतिक्रिया दिए ।

टीकापुर विमानस्थलमा विमान अवतरण भएपछि विमान हेर्ने स्थानीयवासीको घुइँचो लागेको थियो ।

२०४२ बाट सञ्चालनमा आएको सो विमानस्थल २०४७ सम्म निरन्तर चलेको थियो । त्यहाँबाट नेपालगन्ज, काठमाडौँ, अछामको साँफेबगरलगायतका ठाउँमा नियमित उडान हुने गरेको स्थानीयवासी नवराज रावलले बताए ।

२०६१ सालमा मुक्तकमैयाले कब्जा गरेको विमानस्थल २०६७ पुसमा स्थानीय सञ्चारकर्मीको पहलमा सर्वदलीय समिति गठन गरी सञ्चालनको प्रयास थालिएको टीकापुरका पत्रकार मातृका तिमिल्सेनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>