समाचारशुक्रबार, जेठ १७, २०७०

गच्छदारले भने, ‘गणेश लामालाई फसाइयो’

हिमालखबर

आफ्नो पार्टीका केन्द्रीय सदस्य गणेश लामालाई फसाउन राज्य पक्षले टर्चर दिइरहेको आरोप लगाउँदै मधेशी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारले लामा काभ्रेबाट चुनाव जित्ने नेता भएको दाबी गरेका छन् ।

“गणेश लामालाई फसाउन राज्य पक्षले टर्चर दिईरहेको छ ।” गच्छदारले भने, “त्यो जायज छैन ।”

ठूलो परिमाणमा अवैध सम्पत्ति जम्मा गरेका लामासहित दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

संविधान सभा निर्वाचनको मिति घोषणा लगायतका विषयमा दबाब दिन रिपोर्टस क्लबले शुरु गरेको अभियान अन्तर्गत ज्ञापनपत्र बुझाउन पुगेको टोलीसँग गच्छदारले लामा काभ्रेबाट चुनाव जित्ने पार्टीको नेता भएको दाबी गर्दै आरोप लाग्दैमा उनलाई पार्टीबाट नहटाउने बताए ।

उनले २० जेठ विहान बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकले निर्वाचन अध्यादेशमा रहेको विमतिहरुमा सहमति गरेर सरकारलाई मिति तोक्न सिफारिस गर्ने दावी पनि गरे ।

अध्यक्ष गच्छदारले थ्रेस होल्डकै कारण साना दलहरु चुनावमा भाग नलिने अवस्था भएकोले संविधानसभालाई समावेशी बनाउन थ्रेस होल्ड राख्न नहुने भन्दै त्यो हट्ने वित्तिकै निर्वाचनको सबै प्रक्रिया अघि बढ्ने बताए ।

उनले नेकपा–माओवादीले अघि सारेको २५ बुँदे बाधा अडकाउ फुुकाउ खारेजी, गोलमेच सम्मेलनबाट नयाँ सरकारको गठनलगायतका कुनै पनि माग पूरा गर्न नसकिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>