थप समाचारआइतबार, जेठ १९, २०७०
सामुदायिक विद्यालयहरुमा १० वर्षदेखिको बेरुजु
जिल्ला शिक्षा कार्यालय पर्साले सञ्चालन गरेको ९ दिने अभियानमा जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले बेरुजु फर्छ्यौट नगरेको पाइएको छ ।
सामुदायिक विद्यालयहरुमा खस्किदै शैक्षिक गुणस्तर र बढदै गएको अनियमित्तामा सुधार ल्याउने उद्देश्यले जिल्ला शिक्षा कार्यालय पर्साले १२ जेठदेखि जिल्लाका सामुदायिक विद्यालयहरुको अनुगमन कार्य शुरु गरेको शिक्षा अधिकारी हरिप्रसाद वस्तीले बताए ।
शिक्षा कार्यालयको टोलीले अनुगमनको क्रममा अधिकांश विद्यालयहरुमा भौतिक निमार्णका लागि बजेट विनियोजन भए पनि समयमै काम नगरेको आफनो प्रतिवेदनमा उल्लेख गरेको छ ।
टोलीले कतिपय विद्यालयले कुनै काम पनि नभएको र काम गर्नेहरुले पनि ७५ प्रतिशत भन्दा बढी काम नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
टोलीका संयोजक शिक्षा अधिकारीले धेरै विद्यालयहरुमा २०६० सालदेखि हालसम्म बेरुजु फर्छ्यौट नगरेको जानकारी दिए ।
अनुगमन टोलीले पर्साको ३०५ प्रावि, ६२ निमावि, ५५ मावि र १८ वटा उमाविको अनुगमन गरेको थियो ।
अली असगर, वीरगञ्ज
