समाचारआइतबार, जेठ १९, २०७०
२५ र ११ बुँदेलाई आधार मान्ने कार्यदलको निर्णय
१९ जेठमा काठमाडौंमा बसेको उच्चस्तरीय राजनीतिक समिति अन्तर्गतको कार्यदलको बैठकले २५ बुँदे बाधा अडकाउ फुकाउ र ११ बुँदे सहमतिलाई आधार मानेर अघि बढ्ने निर्णय भएको एमाले नेता रघु पन्तले जानकारी दिए ।
बैठकमा थ्रेसहोल्ड राख्ने विषयमा छलफल भए पनि कुनै सहमति भएन । नेपाली कांग्रेस र नेकपा एमालेले थ्रेसहोल्ड राख्नै पर्ने अडान राखेका थिए भने मधेशी नेताहरुले थ्रेसहोल्डको विरोध गरे । एमाओवादीले भने थ्रेसहोल्डका विषयमा सरकारलाई निर्णय गर्न दिनुपर्ने बताएको बैठकमा सहभागी एक नेताले हिमालखबरलाई जानकारी दिए ।
निर्वाचनसम्बन्धी ऐन कानूनका विषयमा चाँडै नै सहमतिमा पुग्नु जरुरी भएको भन्दै कांग्रेस र एमालेका नेताहरुले दबाब दिएपछि शीर्ष नेताहरुको उपस्थितिमा बैठक २० जेठमा पुनः बस्ने भएको छ ।

