थप समाचारआइतबार, जेठ १९, २०७०

लमजुङमा शैक्षिक मेला

हिमालखबर

रेडियो मर्स्याङ्दी र भोटेक्स क्रियसनको संयुक्त आयोजनामा लमजुङको बेसीशहरमा दुई दिने शैक्षिक मेला शुरु भएको छ । मेलाको पहिलो दिनमै झण्डै एक हजार विद्यार्थीले मेलाको अवलोकन गरेका छन् ।

बेसीशहरको गेटवे हिमालयन रिसोर्टमा भएको मेलामा कोठमाडौँ र लमजुङका विभिन्न कलेजले विभिन्न विषयका बारेमा जानकारी दिनुका साथै कलेजले प्रदान गर्ने सेवा सुविधाका बारे विद्यार्थीलाई जानकारी गराएका छन् । मेलामा एसएलसी दिएर बसेका र प्लस टु पढ्दै गरेका विद्यार्थीहरुका लागि उच्च शिक्षाा बारेमा परामर्श दिईएको छ ।

मेलामा होटेल व्यवस्थापन, ए लेभल, बैकिङ, सिए, विज्ञान लगायतका विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरिएको भोटेक्स क्रियसनका व्यवस्थापक रमेश दुलालले बताए । परीक्षामा प्राप्त गरेको पुर्णाङ्कका आधारमा भन्दा पनि विषय प्रतिको रुचिका आधारमा विद्यार्थीले अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले शौक्षिक मेला संचालन गरिएको व्यवस्थापक दुलालको भनाई छ ।

मेलामा काठमाडौंबाट २० कजेल र जिल्ला तथा आसपासका ४ वटा कलेज गरि २४ कलेज सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>