थप समाचारआइतबार, जेठ १९, २०७०

सिस्ने हिमालको प्रथम आरोहण

हिमालखबर

सगरमाथा आरोही रुकुम बाँफिकोटका मनबहादुर खत्री नेतृत्वको टोलीले १२ जेठ बेलुका ५ वजेर १५ मिनेट जाँदा सिस्ने हिमालको सफल आरोहण गरेको थियो ।

आरोहण दलका अन्य सदस्यहरुमा बाँफिकोटकै अलबहादुर खत्री, कैलालीका ध्रुव विष्ट, गोरखाका मुलाल गुरुङ, म्याग्दीका विनायक मल्ल ठकुरी, जुम्लाका अमृत विक, गोरखाका सुमन गुरुङ र अमेरिकी नागरिक लाइन एल–जो रहेका छन् ।

जिल्ला सदरमुकाम खलङ्गामा एक समारोहका बीच आठ जनालाई परिक्रमासहित अभिनन्दन गरिएको छ । सिस्ने हिमालको पहिलो पटक आरोहण गर्ने टोलीलाई अभिनन्दन गर्न जिल्लाका विभिन्न गाउँका झाँकी र बाजागाजा सदरमुकाम ल्याइएको थियो ।

पाँच हजार ९११ मिटर उचाइमा रहेको सिस्ने हिमालको चार हजार २०० मिटर उचाइको स्थानमा आधार शिविर स्थापना गरेर आरोहण टोलीले आफ्नो यात्रालाई अगाडि बढाएको थियो ।

सिस्ने आरोहण गर्न केही वर्ष पहिले दुई पटक गरिएको प्रयास सफल भएको थिएन । यस पटकको टोलीले भने सकुशल सिस्नेको चचुरो चुमेको छ ।

पर्यटन मन्त्रालयबाट अनुमति लिएर केही महिनादेखि सिस्ने आरोहणको सम्भाव्यता अध्ययनसमेत गरिएको थियो । सिस्ने आरोहण भए पछि यसलाई प्रचारप्रसार गर्न सके पर्यटकीय गतिविधि बाक्लिने विश्वास जिल्लावासीले लिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>