समाचारसोमबार, जेठ २०, २०७०

‘कर’ विवादमा झडपपछि दोलखा बन्द

हिमालखबर

वाईसियलले आफ्ना कार्यकर्तालाई प्रहरी भ्यान भित्रै कुटपिट गरेको भन्दै तरुण दल दोलखाले २० जेठमा गरेको बन्दका कारण जिल्लामा यातायात सञ्चालन हुन सकेको छैन भने सदरमुकाम चरिकोटका पसलहरु बन्द छन् । सदरमुकामका शैक्षिक संस्थाहरू समेत सञ्चालन हुनसकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जिल्लामा बन्द खुलाउन वार्ताको पहल भईरहेको जानकारी दिए । तरुण दलका सानु शेर्पालाई कुटपिट गर्ने वाईसिएल कार्यकर्तालाई पक्राउ गरी कारवाही नगरेसम्म बन्द कायम रहने तरुण दल दोलखाका अध्यक्ष जयराम श्रेष्ठले बताए ।

कवाडी सामानको कर उठाउने विषयमा तरुण दल र वाईसियलबीच विवाद भएको थियो । विवादको क्रममा सानु शेर्पाले वाईसियल दोलखाका अध्यक्ष नविन जिरेललाई हातपात गरेको आरोप वाईसियल पक्षको छ । शेर्पामाथि कुटपिट भएपछि आक्रोशित कांग्रेस कार्यकर्ताहरुले एमाओवादीको कार्यालयमा तोडफोड गरेका थिए ।

सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>