समाचारसोमबार, जेठ २०, २०७०
वैदेशिक रोजगारीमा १० महिनामा एक अर्ब ठगी
२०७० बैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीको नाममा ठगिएका मध्ये रु. १० करोड ११ लाख ६ हजार मात्रै असुल भएको श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्काले हिमालखबरलाई जानकारी दिए । उनका अनुसार त्यस अवधिमा दर्ता भएका विभिन्न ३९४ उजुरी मध्ये १३७ बाट रकम असुल गर्न सकिएको छ ।
विभागमा गत बैशाखमा मात्रै ८ करोड ५९ लाख २० हजार रुपियाँ ठगीका २१० उजुरी दर्ता भएका छन् । ठगहरूबाट बैशाखमा एक करोड १५ लाख १२ हजार रुपियाँ सम्बन्धीत धनीलाई फिर्ता गराइएको छ ।
यसैबीच अघिल्लो बैशाखको तुलनामा यसपटक वैदेशिक रोजगारीका लागि अनुमति लिनेको संख्या १४.२७ प्रतिशतले बढेको छ । बैशाखमा २२,२१३ महिला र ३,३५,४९४ पुरुष गरी ३,५७,७०७ जनाले वैदेशिक रोजगारीमा जाने अनुमति लिएको सहसचिव खड्काले जानकारी दिए ।
सन्त गाहा मगर, काठमाडौं
