समाचारमंगलबार, जेठ २१, २०७०
दाङ बन्दका कारण जनजीवन प्रभावित
दाङको लालमटीयाकी सृजना चौधरीको ललीतपुरमा कम्लरी बसेकै अबस्थामा रहस्यमय तरीकाले हत्या गरिएको भन्दै लामो समयसम्म जिल्ला केन्द्रीत आन्दोलनबाट माग सम्बोधन नभएपछि राजधानिमा जम्मा भएका कम्लरीमाथि प्रहरीले दमन गरेपछि शसक्त आन्दोलनमा उत्रनु परेको संयुक्त संघर्ष सिमितका संयोजक संतोष दहितले जानकारी दिए ।
बन्दको पहिलो दिन दाङ्मा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीका साधन सञ्चालनमा नआएका राप्ती अञ्चल र्सार्बजनिक बस ब्यबसायी समितिका प्रकास भटट्ले जानकारी दिए ।
यसैबीच आन्दोलनरत कम्लरीसँग वार्ता गर्न र समस्या समाधानका उपाय सहित सुझाव पेस गर्ने जिम्मेवारी दिएर महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव उपेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीलाई समेत संयुक्त संघर्ष समितिले अस्वीकार गरेको छ ।
मधेशी विद्यार्थीसंघद्वारा सिरहा लगायत मधेश बन्द
स्ववियू निर्वाचनको माग गर्दै मधेशी विद्यार्थी फोरम नेपालले आज सिरहा लगायत मधेशका विभिन्न जिल्ला बन्द गराएका छन् ।
स्ववियू निर्वाचन जेठ २३ गते घोषणा गरे पनि त्रिविद्वारा पछि चुनाव स्थगित गरेको विरोधमा मधेशी विद्यार्थी फोरम नेपालले पहिलो चरणको कार्यक्रम अर्न्तगत मधेशका सम्पर्ूण्ा क्याम्पसमा तालावन्दी, २० जेठ साँझ मशाल जुलुस र २१ जेठमा मधेशमा चक्का जाम गरेको छ ।
बन्दका कारण विहानैदेखि सिरहा लगायत तराइको जनजिवन प्रभावित बनेको छ । लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्लन सकेका छैन ।
चुनावी प्रयोजनका लागि ठूला विद्यार्थी संगठनहरुले लाखौं रकम खर्च गरी हजारौं फर्जी भर्ना गराएकाले फर्जी भर्ना खारेज गरी तुरुन्तै चुनाव घोषणा गर्न आन्दोलन गरेको विद्यार्थी फोरमले जनाएको छ ।
