रमझममंगलबार, जेठ २१, २०७०
लेहेंगा साडीको लहर
जुनसुकै उमेर र शारीरिक आकारका महिलालाई सुहाउने भारतीय पहिरन लेहेंगा साडी नेपालमा पनि लोकप्रिय बन्दैछ।
पञ्जाब र काश्मिरमा लोकप्रिय यो पहिरनले विश्वबजारलाई नै प्रभावित पारिरहेको व्यापारीहरू बताउँछन्।ललितपुरको कुपण्डोलस्थित जरी डिजाइनर सीता खड्का गर्मी मौसममा बोर्डरमा जर्जेट मिसिएको लेहेंगा धेरै बिक्री हुने बताउँछिन्।
नेपालमा ४.५ मिटरदेखि ५.५ मिटरसम्म लम्बाइका बाग, कासीदा, कसौटी, कान्था, सोनजी, सीसा, जरदोजी, इम्ब्रोइडरी आदि लेहेंगा धेरै चलेका छन्। यीमध्ये पनि इम्ब्रोइडरी लेहेंगा बढी चलेको छ।
सामान्य इम्ब्रोइडरी गरिएको लेहेंगाको मूल्य सिल्भर, गोल्ड, मेटल, रियल पर्ल, उड बिटस्, मिरर बर्क, ग्लिटर, स्टोन, कुन्दन, सिक्युन्स, लेस वर्कहरू जस्ता इम्ब्रोइडरी डिजाइनको भन्दा सस्तो हुन्छ।
साडीसँग मिल्दो लेहेंगा आकर्षक र सजिलो पनि हुने मिस नेपाल इन्टरनेसनल– २०१२ शुभेच्छा खड्का बताउँछिन्। उनी विवाह र अरू पार्टीहरूमा रातो रंगको सिफनको लेहेंगा लगाउँछिन्।
कुपण्डोलको उत्तम क्रिएसनका उत्तम बनेपाली अहिले ढाकाको लेहेंगा साडी पनि प्रचलनमा आएको बताउँछन्। “हेर्दा राम्रो र मूल्य पनि सस्तो भएकाले यो लेहेंगा खूब चलेको छ”, उत्तम भन्छन्।
शब्दः देवयानी सिवाकोटी
तस्वीरः बिक्रम राई
मोडलः शुभेच्छा खड्का
मूल्यः रु.२२,००० मेट, भेल्टेट प्याच, कट्स वर्क, सिक्वेन्स प्रयोग गरिएको छ।
डिजाइनरः उत्तम बनेपाली
हिमालको १९-२६ जेठ अंकबाट ।

