समाचारमंगलबार, जेठ २१, २०७०
सञ्चारमाध्यम बिहीन मनाङ
मनाङबासीले छिमेकी जिल्लाका केही एफएम रेडियोको झ्यारझ्यार आउने आवाजमा समाचार सुन्नु बाध्यता बनेको छ ।
स्थानीय सञ्चारमाध्यम नहुँदा सूचना सम्प्रेषण गर्ने पत्रकार पनि जिल्लामा छैनन् । स्थानीय शिक्षक एवं सामाजिक अगुवा अगुवा बिपी लामा पत्रकारको अभावमा मनाङ धेरै पछाडि परेको बताउँछन् । “पत्रकार नहुँदा मनाङका सूचना बाहिर पठाउने काम म आपैmले गर्छु,” उनी भन्छन्, “म पत्रकार नभए पनि पत्रकारको भूमिका निर्वाह गरिहेको छु ।”
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रतिनिधि कमान गुरुङ पनि पत्रकारको रुपमा कहिलेकाहीँ जिल्लामा भएका घटनाहरु सञ्चारमाध्यममा पठाउँछन् ।
जिल्लामा पत्रकार उत्पादन गर्ने तथा महिलाहरुको सूचनामा पहुँच पु¥याउने उद्देश्यले जिल्ला विकास समिति मनाङले यसै साता पहिलोपटक महिलाहरुका लागि सुशासन, पारदर्शिता र अधिकारमा आधारित आधारभूत पत्रकारिता तालिम आयोजना ग¥यो ।
तीनदिने तालिमले महिलामा पत्रकारिताप्रति जागरुक बनाए पनि काम गर्ने सञ्चारमाध्यम नहुँदा समस्या भएको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलाले बताए ।
स्थानीय विकास अधिकारी प्रेमराज गिरी समग्र समाजको विकासको लागि स्थानीय सञ्चारमाध्यममको आवश्यकता औँल्याउँछन् । कसैले एफएम रेडियो खोल्ने आँट गरेमा जिल्ला विकास समितिले सक्दो सहयोग गर्ने उनले बताए ।
मनाङमा १३ गाउँ विकास समिति छन् । यी गाविसका जनता छिमेकी जिल्लाबाट प्रशारण हुने एफएम र रेडियो नेपालबाट समाचारको भोक मेटाउँछन् ।
तीला भण्डारी/मनाङ
