समाचारमंगलबार, जेठ २१, २०७०
बबन सिंह र महेश यादव फोरम नेपालमा
रौतहटबाट स्वतन्त्र सभासद रहेका बबन सिंह र सप्तरीबाट सदभावना पार्टीका सभासद रहेका महेश यादवलगायतका नेताहरु २१ जेठमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपालमा प्रवेश गरेका छन् ।
यादव पछिल्लो समयमा सदभावना पार्टी फुटेर बनेको अनिल झा नेतृत्वको संघीय सदभावना पार्टीमा थिए । संघीय सदभावनाकै प्रवक्ता चन्दन सिंह र महोत्तरीका देवेन्द्र यादव पनि फोरम नेपालमा प्रवेश गरेका छन् ।
त्यसैगरी पूर्व सांसद सर्लाहीका रामचन्द्र राय, फोरम गणतान्त्रिक पर्साका गयासुद्दिन मियाँलगायत पनि फोरम नेपालमा प्रवेश गरेका छन् । राय राप्रपा, तमलोपा हुँदै फोरम नेपाल प्रवेश गरेका हुन् ।
२१ जेठमा काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

