थप समाचारमंगलबार, जेठ २१, २०७०
सामान्य विवादमा महिलाद्वारा बुहारीको हत्या
रुकुमको रन्मैकोट–६ निवासी लगन विकले आफनै भाइकी श्रीमती हुकाम–२ की जगतमाया विकको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
अहिलेसम्म हत्याको कारण खुल्न नसकेको र हत्या गर्ने विक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर कुंवरले जानकारी दिए ।
सोमवार राति करिब १० बजे तिर घरमा सामान्य विवाद हुँदा लगनले जगतमाया माथि एक्कासी खुकुरी प्रहार गरेको बताइएको छ । जयतमायाको शव जिल्ला अस्पताल सल्ले रुकुममा पोष्टमार्टमका लागि राखिएको छ ।
घरबाट खसेर मृत्यु
यसैबीच घर पलास्टर गर्ने क्रममा खसेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।
घरको तीन तला माथिबाट खसेर गंभीर घाइते भएका लिबाङ ६ खाद्यटोल निबासी भ्यान्टे बिकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
लक्ष्मण केसी, रुकुम
