समाचारबुधबार, जेठ २२, २०७०
कर्णालीमा बस दुर्घटना, ६ को मृत्यु
२२ जेठ विहान कर्णाली राजमार्ग अन्तर्गत दैलेखको नेपा–८ सियालामा मध्यपश्चिम यातायातको बस सडकबाट तीनसय मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीयले उद्दार गरेका छन् भने प्रहरी टोली पनि त्यसतर्फ खटाइएको दैलेख प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुग्न समय लाग्ने भएकोले एकिन विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
