समाचारबुधबार, जेठ २२, २०७०

पूरानै ब्यवस्थाअनुसार निर्वाचन हुनुपर्छः थापा

हिमालखबर

पुरानै ऐनको ब्यवस्था अनुसार संविधानसभाको निर्वाचन गर्नु पर्ने धारणा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले यतिवेला थ्रेस होल्ड जस्ता नयाँ नयाँ कुरा थपेर चुनाव हुन नसक्ने बताएका छन् ।

२२ जेठमा संविधानसभाको निर्वाचनको बातावरण बनाउन दबाब दिने उद्देश्यले ज्ञापनपत्र बुझाउन गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग थापाले भने, “राजनीतिक अन्यौलता चिर्नलाई चुनाव गर्ने हो, जनताले नै नेताहरुको बोलीमा विश्वास नगरिरहेको बेला नयाँ नयाँ भ्रम फैलाउने कुरा गर्नु हुँदैन ।” उनले भने, “त्यसैले अहिले पुरानै ऐनको ब्यवस्था अनुसार चुनाव हुनु पर्छ ।”

मंसीरको पहिलो साताभित्र निर्वाचन गर्ने सहमतिले लगभग मिति तोकिसकेको दावी गर्दै निर्वाचनको मिति तोक्न माग गर्दै निहुँ खोज्नेहरुलाई निर्वाचनमा जाने ईच्छा नभएको थापाले आरोप लगाए ।

प्रमुख दलले लामो एक्सरसाईज गरेर निष्पक्ष निर्वाचनको लागि रेग्मी नेतृत्वको सरकार बनाएकोले अहिले नै सरकारले निष्पक्ष निर्वाचन गराउन सक्छ सक्दैन भनेर आशंका गर्ने बेला नभएको दावी गर्दै थापाले अझै सरकार जन्माउनेले नै आशंका गर्नु विडम्बना भएको टिप्पणी गरे ।

असन्तुष्टलाई पनि कन्भिन्स गरेर निर्वाचनमा ल्याउने पर्ने धारणा राख्दै थापाले निर्वाचनको अघि दलीय स्वार्थ राखेर कसैले पनि बखेडा झिक्न नहुने तर्क गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>