समाचारबुधबार, जेठ २२, २०७०
भारतले गर्दा निर्वाचनको मिति घोषणा भएनः विजुक्छे
भक्तपुरमा २२ जेठमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले भारतले तत्काल चुनावको मिति घोषणा गर्न अवरोध पुर्याएकाले चार दल र सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेको दाबी गरेका छन् ।
उनले भने, “जब भारतका लागि समय अनुकूल हुन्छ, तबमात्र उसकै इसारामा चार दलीय सहमतिको नाटक गरेर सरकारले निर्वाचनको मिति घोषणा गर्छ ।”
समानुपातिकतर्फ एक प्रतिशत मत ल्याउनुपर्ने गरी ‘थ्रेसहोल्ड’ लागू भए संविधानसभाको निर्वाचन सम्भव नुहने बताएका विजुक्छेले संविधानसभाको सदस्य सङ्ख्या भने एकसय भन्दा बढी बनाउन नहुने धारणा ब्यक्त गरे । उनले धेरै सदस्यले गर्दा देशको बजेट मात्र सकिने तर काम भने नहुने बताए ।
दलहरुले अहिले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई हटाएर आफैँ सत्तामा जाने षडयन्त्र गरेको आरोप लगाउँदै बिजुक्छेले भने, “विगतमा पनि एमाओवादीकै कारणले संविधान बन्न सकेन, विदेशीको इसारामा नाच्ने यिनै दलहरुका कारण अब निर्वाचन पनि बिथोलिन सक्छ ।”
