समाचारबुधबार, जेठ २२, २०७०

नेविसंघले बन्द फिर्ता लियो

हिमालखबर

त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति सम्बन्धमा वार्ताका लागि आह्वान गरेपछि २३ जेठका लागि आह्वान गरिएको उपत्यका बन्द फिर्ता लिएको नेविसंघका नेता ऋषिकेश जंग शाहले बताएका छन् ।

२३ जेठका लागि घोषणा गरिएको स्ववियु निर्वाचन त्रिविले स्थगित गरेपछि आन्दोलनमा रहेको नेविसंघले बन्द बाहेक आन्दोलनका अन्य कार्यक्रमहरु भने जारी नै रहने जनाएको छ ।

————————————————————

नेविसंघले प्रधानमन्त्रीको पुतला जलायो

स्ववियु निर्वाचनको माग गर्दै आन्दोलनमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीमा प्रधानमन्त्रीको पुतला जलाएको छ ।

हिमालखबर

बुधबार , २२ जेठ २०७० ४:४६ पम

२३ जेठका लागि घोषणा भएको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगनको विरोध गर्दै आएको नेविसंघले २२ जेठमा त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री खिलराज रेग्मीको पुतला दहन गरेको छ ।

पुतला जलाउने क्रममा प्रहरी र विद्यार्थीबीच केही बेर झडप समेत भएको नेविसंघका नेता ऋषिकेशजंग शाहले हिमालखबरलाई बताए । शाहका अनुसार झडपका क्रममा नेविसंघका चार जना विद्यार्थी र एकजना प्रहरी निरीक्षक समेत घाइते भएका छन् ।

“शान्तिपूर्ण रुपमा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थीहरु घाइते भएका हुन्,” शाहले भने, “विद्यार्थी आन्दोलनमा भएको प्रहरी हस्तक्षेप आपत्तिजनक र निन्दनीय छ ।”

तीन अखिलसँग सहकार्य नगर्ने

एमाओवादी र नेकपा–माओवादी सम्बद्ध दुई अखिल क्रान्तिकारी विद्यार्थी संगठन र एमाले सम्बद्ध अनेरास्ववियुले २३ गतेको स्ववियु निर्वाचन स्थगित गराउनुमा भूमिका निर्वाह गरेको आरोप लगाउँदै नेविसंघले स्ववियु निर्वाचनको नयाँ मिति घोषणा नहुँदासम्म तीनै विद्यार्थी संगठनसँग सहकार्य नगर्ने निर्णय गरिएको शाहले जानकारी दिए ।

एमाले सम्बद्ध अनेरास्ववियुको काठमाडौंका क्याम्पसहरुमा पकड कमजोर हुँदै गएपछि उसले नेकपा–माओवादीसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीलाई उचालेर निर्वाचन हुन नदिने षडयन्त्र गरेको नेविसंघले आरोप लगाएको छ ।

स्ववियु निर्वाचनको माग गर्दै आन्दोलनमा रहेका अन्य ११ विद्यार्थी संगठनहरुसँग सहकार्यका लागि अपील गरिएको शाहले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>