समाचारबिहीबार, जेठ २३, २०७०

मंसीरमा निर्वाचन नभए निर्दलीयता आउने पुनको दाबी

हिमालखबर

गृह जिल्ला रोल्पा आइपुगेका एमाओवादी नेता वर्षमान पुनले २३ जेठमा लिवाङमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले राजीनामा गर्न नहुने भन्दै थपे, “रेग्मीले राजीनामा दिए राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने केहीमा भ्रम छ, तर सत्ता राजनीतिक दलसँग नभई राष्ट्रपति वा सेनाको पोल्टोमा जान्छ ।”

रेग्मीको राजीनमाले लोकतान्त्रिक अभ्यास असफल हुने भन्दै उनले मंसीरमा संविधान सभा निर्वाचन हुन नसके मुलुक निर्दलीयतामा जाने दाबी गरे । पुनले मंसीरमा संविधान सभा निर्वाचन नभएमा नेपालमा संविधान सभाको चुनाव नै असम्भव भएको समेत बताए ।

नेकपा–माओवादी सहितका ३३ दल चुनावमा भाग लिन तयार भए अहिलेको मन्त्रिपरिषद् संख्या बढाउन सकिने भन्दै पुनले अहिलेको अवस्थामा युद्ध असम्भव रहेको बताए । उनले पूर्व राजा ज्ञानेन्द्र र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको राष्ट्रियता मिलेको आरोप लगाए । पुनले भने, “उहाँहरुको राष्ट्रियताको बुझाई र व्याख्यामा कुनै अन्तर छैन ।”

‘फ्रन्टलाइन मधेश’
एमाओवादीको चुनावी रणनीति मधेश केन्द्रित हुने बताउँदै आफू मधेशबाट चुनाव उठने समेत पुनको भनाइ थियो । उनले भने, “माओवादीको चुनावी फ्रन्ट लाइन मधेश हुन्छ । अध्यक्ष प्रचण्ड सहित हामी केही वरिष्ठ नेताहरु मधेशबाटै उठ्छौं ।’

आफ्नै गृह गाविस जंकोटलाई खुला दिशामुक्त घोषणा गर्न रोल्पा आएका एमाओवादी नेता पुनले जिल्लाका एमाओवादी नेता तथा कार्यकर्ताहरुलाई अवको चुनावी रणनीति सम्बन्धी निर्देशन तथा प्रशिक्षण दिएको एमाओवादी रोल्पाले जनाएको छ ।
हीराबहादुर घर्तीमगर/रोल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>