समाचारबिहीबार, जेठ २३, २०७०
सरकारले दुई अध्यादेश राष्ट्रपति कार्यालयमा पठाउने
मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा २३ जेठमा बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धि दुई अध्यादेशको दोस्रो संसोधनलाई सिफारिसका लागि राष्ट्रपति डा. रामवरण यादवसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।
यसैबीच बैठकले निक्षेप तथा कर्जा सुरक्षण निगमको महाप्रवन्धकमा डा. दण्डपाणी पौडेललाई नियुक्ति गरेको छ । त्यसैगरी निजी क्षेत्रका सुरक्षा प्रदायक कम्पनीहरुको नियमन तथा नियन्त्रणका लागि आवश्यक कानुन बनाउन पनि मन्त्रिपरिषद्ले सैद्धान्तिक रुपमा सहमति जनाएको छ ।
बैठकले गृह मन्त्रालयका उपसचिव गणमाधव ज्ञवालीलाई सहसचिवमा बढुवा गरेको छ । त्यस्तै न्याय परिषद सचिवालयको संरचना हेरफेर गरेर दरबन्दी थप गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
