थप समाचारबिहीबार, जेठ २३, २०७०

रमाइलो अन्नपूर्ण संरक्षण क्षेत्र (फोटो फिचर)

हिमालखबर

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने रमणिय घले गाउँ । यहाँ होमस्टेको सुविधा छ ।

एक्याप जैविक विविधता र मनोरम दृष्यका लागि विख्यात छ । यहाँ १ हजार २ सय २६ प्रजातिका फूल फुल्ने वनस्पति, एक सय दुई स्तनधारी, ४ सय ७४ प्रजातिका चरा र ३९ सरिसृपको बासस्थल छ ।

वार्षिक १७ देखि २० करोड आम्दानी गर्ने एक्यापले ले अन्नपूर्ण क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकका लागि प्रवेश शुल्क घटाउने तयारी गरेको छ ।

एक्यापभित्र पर्ने थोराङ् चुचुरो चढ्न जाँदै पर्यटकहरु ।

एक्याप क्षेत्रमा छोटो समय र लामो समय घुम्न आउने विदेशी पर्यटकका लागि एउटै शुल्क भएको भन्ने गुनसो बढ्न थालेपछि एक्यापले शुल्क घटाउने तयारी गरेको हो । हाल एक्याप क्षेत्रमा प्रवेश गर्नासाथ २ हजार शुल्क लिने गरिएकोमा एक्यापले विदेशी पर्यटकलाई एक दिनका लागि ५ सय,  दुई रात तीन दिनका लागि १ हजार र त्यो भन्दा बढी समयका लागि ३ हजार शुल्क लिने योजना बनाएको छ ।

घले गाउँस्थित चियाबारीमा चिया टिप्दै महिलाहरु ।

गुरुङले अब विदेशी पर्यटकहरु थोरै शुल्कमा छोटो समयका लागि एक्याप क्षेत्रका गाउँहरु घुम्न सक्ने बताए ।

शब्द, तस्बीर: युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>