समाचारबिहीबार, जेठ २३, २०७०
काभ्रेमा महिलाको हत्या
काभ्रे, साँगा गाविस, नासिकास्थानमा कपडा र प्लाष्टिकले बेरेर फालेको अवश्थामा एक महिलाको टाउको र हात फेला परेको छ ।
स्थानीय कृषकले घाँस काट्ने क्रममा टाउको देखेपछि प्रहरीलाई खवर गर्दा टाउको रहेको स्थानभन्दा दुइसय मिटर टाढा दुइ हातहरु समेत प्लाष्टिक र कपडाले बेरेर फालेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
अन्दाजी १८ बर्षकी मृत महिलाको अनुहार चिन्न सकिने अवस्थामा नरहेकाले सनाखत हुन सकेको छैन ।
प्रहरीले घटना स्थललाई सुरक्षा दिइरहेको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कोही हराएको जानकारी भए खवर गरेर अनुसन्धानमा सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।
नगेन्द्र अधिकारी, काभ्रे
