समाचारशनिबार, जेठ २५, २०७०

देउवाले भारतमा ककसलाई भेट्दैछन् ?

हिमालखबर

पूर्व प्रधानमन्त्री देउवासँगै देउवा पत्नी डा. आरजु र काँग्रेस नेता विमलेन्द्र निधि भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन, विदेश सचिव रञ्जन मथाईलगायत भारत सरकारका उच्चपदस्थ पदाधिकारीसँग भेट्ने कार्यक्रम रहेको कांग्रेस केन्दीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

देउवाले भारतमा रहँदा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, राष्ट्रवादी काँग्रेस पार्टीका अध्यक्ष शरद पवार, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव, काग्रेस पार्टीका महामन्त्रीद्वय जनार्दन द्विवेदी र दिग्विजय सिंहलाई भेट्ने भएका छन् । यस्तै कांग्रेस पार्टीका विदेश विभाग प्रमुख करण सिंह, नेपाल सोलीड्यारीटी सोसाइटीका अध्यक्ष डीपी त्रिपाठी, सिताराम यचुरी, केसी त्यागी, सुरिन्दर भदौरिया, विजय प्रतापलगायतका राजनीतिक शीर्ष नेतासँग पनि देउवाको भेट पक्का निश्चित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>