समाचारआइतबार, जेठ २६, २०७०
जनजाति पत्रकारको महाधिवेशन शुरु
महाधिवेशन २६ जेठमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाल, एमाओवादीका आङदाबा शेर्पा, नेपाली कांग्रेसका उर्मिला थापा, नेकपा एमालेका पृथ्बी सुब्बा गुरुङ र संघीय समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन । दुई दिनसम्म चल्ने महाधिशेवनमा पहिलो पटक ८ वटा जातीय संस्थाका प्रतिनिधिहरूले भाग लिएका छन् ।
जातीय संस्था र ४५ जिल्ला समितिबाट गरेर १७९ प्रतिनिधि तथा ७० जना पर्यक्षक सहभागी भएको अनिजका केन्द्रीय सदस्य मनोज घर्ति मगरले हिमालखबरलाई जानकारी दिए । बन्दसत्रमा महासचिव डण्ड गुरुङले प्रगती प्रतिवेदन प्रस्तुत गरेका छन् ।
