समाचारसोमबार, जेठ २७, २०७०
दोलखाको चरिकोटमा आगलागी
२६ जेठ राति करिब ११ बजे सुरु भएको आगो सेना, प्रहरी र स्थानीयको प्रयासमा २७ जेठ विहान करिब दुई बजे निभाइएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगलागीबाट पाँचवटा काठको घर र एउटा आरसिसि पक्की घर जलेका हुन । ६ वटा ग्यास सिलिण्डर समेत विष्फोट भएकोले आगो निभाउन कठीन भएको हो ।
लहरै रहेको पाँच वटा काठको घरहरु मध्यबीचबाट आगो निस्किएको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । क्षतिको पूर्ण विवरण आईसकेको छैन ।
सर्मिला बुढाथोकी, चरिकोट
