थप समाचारसोमबार, जेठ २७, २०७०

नेल्सन मण्डेलाका लागि प्रार्थना

हिमालखबर

न्युमोनियाबाट ग्रसित रंगभेद विरोधी आन्दोलनका प्रणेता नेल्सन मण्डेलाको स्वास्थ्य लाभका लागि दक्षिण अफ्रिकाका चर्चहरुमा प्रार्थना  चलिरहेको छ ।

फोक्सोको संक्रमणका कारण बारम्बार अस्पताल भर्ना भइरहनु पर्ने ९४ वर्षीय नेता मण्डेलाले यो पटक पनि तीन रात प्रिटोरिया अस्पतालमा बिताइसकेका छन् ।

शनिबार उनको स्वास्थ्य गम्भिर र स्थिर  भएको भनिएयता औपचारिक रुपमा पछिल्लो अवस्था सार्वजनिक गरिएको छैन ।

उनको मृत्यु भइसकेको भन्ने ट्वीटरको अफवाहलाई एजेन्सीहरुले तथ्यहिन भनेका छन् ।

उनका शुभचिन्तकहरुले स्वतः स्फूर्त रुपमा विभिन्न तरिकाबाट मण्डेलाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो वर्ष मण्डेला अस्पताल भर्ना भएको यो तेस्रो पटक हो । यसअघि गएको अप्रिलमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>