समाचारसोमबार, जेठ २७, २०७०
उपचार खर्चको अभावमा ज्यान गयो
दश दिनअघि रोल्पा जिल्ला अस्पताल भर्ना भएका बस्नेतको २७ जेठमा मृत्यु भएको हो । बस्नेतको मुटुमा समस्या देखिएपछि सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लैजान अस्पतालले रिफर गरेको थियो । समयमै आवश्यक उपचार गराएको भएको ज्यान बच्न सक्ने अस्पतालका डा. विपिन कार्की जानकारी दिए ।
बस्नेतको शरीरमा रगतको कमी भएपछि अस्पतालका कर्मचारीहरुले नै पटक–पटक रगत दिएर बचाउने प्रयास गरेका थिए । तर उनको नाक, मुख र पिसावबाट लगातार रगत बग्नुका साथै रगत बन्ने प्रक्रिया नै अवरुद्ध भएकोले बचाउन नसकिएको कार्कीले जानकारी दिए ।
केही वर्षअघि उनको १२ वर्षीय बहिनीको ज्यान गएको थियो । बस्नेतका २१ वर्षीय भाइको पनि अघिल्लो महिना जिल्ला अस्पताल रेउघामै आर्थिक अभावका उपचार हुन नसकेर ज्यान गएको थियो । उनका भाइको पनि रगत अभावकै कारण ज्यान गएको अस्पतालले जनाएको छ ।
दुई छोरा र एक छोरी गुमाएका सार्की बस्नेत(७०) आफूसँग पाँच रोपनी जग्गा मात्रै भएको र छोराछोरीको उपचार गराउन नसकेको बताउँछन् ।
हीराबहादुर घर्ती मगर, रोल्पा

