समाचारमंगलबार, जेठ २८, २०७०
यात्रुबाहक बस लुटेको अभियोगमा पक्राउ
चितवन दारेचोक–९, फिस्लिङ्गमा बा २ ख ३४०७ नं. को यात्रुबाहक माईक्रोबस रोकेर ३३ तोला सुन लुटेको आरोपमा दुई दिन पहिले पक्राउ परेकाहरूलाई प्रहरीले २७ जेठमा सार्वजनिक गरेको हो । सुनव्यापारीले काठमाण्डौंबाट चालकको जिम्मा बागलुङ्ग पठाएको ३३ तोला सुन लुटिएको हो ।
पक्राउ पर्नेहरूमा काठमाण्डौं महादेवस्थान–२ का सन्तोष लामा(२४), धादिङ्ग बैरेनी–६ का मानबहादुर थिङ्ग(३१), धादिङ्गकै जोगीमारा–९ सुदम कँडेल(२३), जोगीमारा–२ का सन्तबहादुर राई(३२), नौविसे–१ उत्तमलामा थिङ्ग(२२), नौविसे–८ का अरुण तामाङ्ग(२५), धादिङ्गकै गोगनपानी–७ का राजु लामा(३१), मकवानपुर टिस्टुङ्ग–४ दिनेश लामा(३१), वाङ्गथोक लामा(२८), मकवानपुर फाखेल–६ का गणेशमान लामा(२८) र रोल्पा हारजुङ्ग–६ सर्वजीत थकाली(३१) रहेका छन् ।
अभियुक्तहरूबाट प्रहरीले ३३ तोला सुन, खुकुरी २ थान, काठको पेस्तोल १ थान र १२ थान मोबाईल बरामद गरेको छ ।
सविता श्रेष्ठ, चितवन
