समाचारमंगलबार, जेठ २८, २०७०
एसएलसीको नतिजा सार्वजनिक(नतिजा सहित)
परिक्षा नियन्त्रण कार्यालयले २८ जेठमा परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।
परिक्षाको पूर्ण नतिजा
परिक्षा नियन्त्रण कार्यालयका अनुसार १४००, ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । नियमिततर्फ एक लाख ६७ हजार नौ सय ३५ जना अर्थात् ४१ दशमलब ५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा छ प्रतिशत कम विद्यार्थी पास भएका छन् । एक्जाम्टेडतर्फ एक लाख सात हजार २२९ विद्यार्थी परीक्षामा सम्मिलित भएकामा आठ हजार ३१८ अर्थात् ७ दशमलब ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।
नियमिततर्फ दुई लाख छ हजार १९० छात्रले परीक्षा दिएकामा ९६ हजार ४५४ र एक लाख ९७ हजार ७४६ छात्राले परीक्षा दिएकोमा ७१ हजार ४८१ छात्रा उत्तीर्ण भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विशिष्ट श्रेणीमा १६ हजार ९२४, प्रथम श्रेणीमा ७६ हजार १६५, द्वितीय श्रेणीमा ६९ हजार ८३० र तृतीय श्रेणीमा पाँच हजार १६ विद्यार्थी उत्तीर्ण भएका छन् ।
साउनमा पुरक परिक्षा
एक वा दुईमा अनुत्तीर्ण विद्यार्थीका लागि पुरक परीक्षाको व्यवस्था गरिएको छ । पुरक परिक्षा २०–२७ साउनसम्म सञ्चालन हुनेछ ।
