समाचारमंगलबार, जेठ २८, २०७०
माओवादी आक्रमणमा परेका भारतका पूर्वमन्त्री शुक्लको निधन
गुडगाँवस्थित मेदान्त अस्पतालमा उपचारत नेता शुक्लको २८ जेठमा निधन भएको समाचार एजेन्सीहरूले जनाएका छन् । ११ जेठमा छत्तिसगढमा भारतीय माओवादीले आक्रमण गर्दा शुक्ल सख्त घाइते भएका थिए ।
शुक्ल २ अगस्त १९२९ मा भारतको रायपुरमा जन्मेका हुन । उनले नागपुरको मोरिस कलेजबाट १९५१ मा स्नातक गरे । १९५७ मा कांग्रेस पार्टीका तर्फबाट लोकसभा सदस्यमा निर्वाचित शुक्ल १९६६ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री थिए ।
