समाचारबुधबार, जेठ २९, २०७०
केही दिनभित्रै निर्वाचन घोषणा हुन्छः दाहाल
इलामको कन्याममा २९ जेठ बिहान कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष दाहालले निर्वाचन सम्बन्धी ऐनको टुङ्गो लगाउने जिम्मा सरकारलाई दिएको तथा छिट्टै निर्वाचन मिति घोषणा हुने जानकारी दिएका हुन । उनले आफ्ना कार्यकर्तालाई चुनावका लागि गाउँ—गाउँमा जान निर्देशन समेत दिएका छन् ।
अध्यक्ष दाहालले सविधानसभाको निर्वाचनका लागि सबै जनता होमिने वातावरण बनाउन कार्यकर्तालाई गाउँ जान निर्देशन दिएका हुन । उनले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान आफूहरूको एजेण्डा भएको बताए । राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीका बारेमा दलहरूबीच सहमति नहुँदा अघिल्लो पटक संविधान निर्माण हुन नसकेको दाहालको भनाई थियो ।रासस
