समाचारबुधबार, जेठ २९, २०७०

खस क्षत्रीलाई आदिवासीमा सूचिकृत गर्न माग

रासस

समितिका संयोजक मानबहादुर थापाको नेतृत्वमा २९ जेठमा मालीगाउँस्थित निवासमा गएको प्रतिनिधिमण्डलले ठकुरी, क्षत्री, ब्राम्हण, दशनामीलगायतलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेका छन् । आफूहरुलाई आदिवासीमा सूचिकृत गर्दा राष्ट्रिय एकता, जातीय सद्भाव, सामाजिक न्याय, सह–अस्तित्व कायम हुने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नियुक्ति गर्दा वंशजको आधारमा नागरिकता प्राप्त नागरिकलाई गरिनुपर्नेलगायतका माग गरिएको छ ।

ज्ञापनपत्र बुझेपछि अध्यक्ष थापाले पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहँदै सबै जाति समुदायलाई समान अधिकार र सामाजिक न्याय उपलब्ध गराउनपर्छ भन्ने मान्यतामा पार्टी प्रतिबद्ध रहेको बताएको थापाका सहयोगी किरण गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>