थप समाचारबुधबार, जेठ २९, २०७०
ग्रीसका सरकारी रेडियो र टेलिभिजन बन्द हुने
आर्थिक संकट भोगिरहेको ग्रीस सरकारले आफ्ना राष्ट्रिय रेडियो र टेलिभिजन बन्द गर्ने घोषणा गरेको छ ।
आफ्नो खर्च कटौती गर्नका लागि सरकारले यो निर्णय लिएको हो ।
एक सरकारी अधिकारीका अनुसार सरकारी प्रसारण संस्थानमा ठूलो धनराशी खर्च भइरहेकाले राज्यलाई खर्चको बोझबाट हल्का गर्न करीब पच्चीस सय कर्मचारीलाई क्षतिपूर्ति दिएर निकालिनेछ ।
कर्मचारीहरूले सरकारको यो निर्णयका विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
नयाँ तरिकाबाट संचालन हुने सानो आकारको प्रसारण सेवाका लागि पनि ती कर्मचारीहरूले आवेदन दिनसक्ने अधिकारीहरूले जनाएका छन् ।
ग्रीस सरकारका अनुसार युरोपियन युनियनद्वारा दिइएको वेल आउट प्याकेजको शर्तका आधारमा पनि उसले सन् २०१४ सम्ममा आफ्ना १५ हजार कर्मचारीलाई जागिरबाट निकाल्नुपर्छ ।
