समाचारबुधबार, जेठ २९, २०७०

५ खर्ब ६ अर्बको बजेट आउने

हिमालखबर

टेलिभिजन एडिटर्स गिल्डका पदाधिकारीहरुसँग २९ जेठमा भएको अन्तरक्रियामा मन्त्री कोइरालाले राजस्व र बैदेसिक सहायतामा उल्लेख्य वृद्धि भएकाले आगामी वर्षको बजेट गतवर्षको भन्दा बढी हुने बताएका हुन । उनले अब आउने बजेट विकासमुखी भएकाले जलविद्युतलाई बढी प्राथमिकता दिने दाबी गरे ।

मन्त्री कोइरालाले सरकारले नयाँ बजेटमा करको दायरा नबढाउने उल्लेख गरे । स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर पर निर्भरमूखी निर्यातलाई निरुत्साहित गर्ने सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

उर्जाको कार्यभार समेत सम्हालेका मन्त्री कोइरालाले सरकारले तीन तहका निकायसँग मिलेर जलविद्युतमा लगानी गर्ने बताए । नेपालमा वैदेसिक लगानी भित्राउन सकराले नै ट्रान्समिसन लाईन बिस्तार गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>