समाचारशुक्रबार, जेठ ३१, २०७०

राजनीतिक समितिको संयोजकमा गच्छदार

हिमालखबर

उच्चस्तरीय समितिको ३१ जेठमा राजधानीमा बसेको बैठकले एमाले अध्यक्ष झलनाथ खनालले सम्हाल्दै आएको संयोजकको जिम्मेवारी गच्छदारलाई दिने निर्णय गरेकोे कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार १ असारदेखि गच्छदारले संयोजकको जिम्मेवारी सम्हाल्ने छन् ।

चक्रिय प्रणाली अनुसार समितिको नेतृत्व गर्ने यसअघिको सहमति अनुसार उनलाई संयोजक तोकिएको हो । ३० चैतमा गठन भएको संयन्त्रकको १५ बैठक बसिसकेको छ ।

समितिको बैठकले आन्दोलनरत विभिन्न पक्षहरूलाई वार्ताका लागि आव्हान गर्ने निर्णय गरेको उपसभापति पौडेलले जानकारी दिए । ४ मंसीरका लागि घोषित संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि विभिन्न असन्तुष्ट पक्षहरुसँग वार्ता गर्ने निर्णय गरिएको हो । पौडेलले आफहरू तोकिएको समयमा निर्वाचन गराउन प्रतिवद्ध रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>