थप समाचारशुक्रबार, जेठ ३१, २०७०

एनआरएन अध्यक्षमा तेन्जीको उम्मेद्वारी

हिमालखबर

एनआरएनका बर्तमान महासचिव तेञ्जी शेर्पाले अध्यक्षको उम्मेद्वारी घोषणा गर्दै ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोवर हुने नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । बर्तमान एनआरएनका बर्तमान महासचिव तेञ्जी शेर्पाले ३१ जेठमा काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षको उमेद्वारी घोषण गरेका छन् । उनले सबैको सल्लाह र सहमति अनुसारै अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको घोषणा गर्दै आफु अध्यक्ष पदका लागि योग्य भएको दावी गरे । ‘ एनआरएनमा सचिव हुदै महासचिव बनेको बताउदै अध्यक्षमा आफ्नो पालो आएको हो ’उनले भने ‘यसमा सवैको सहयोगको अपेक्षा राखेको छु ।’

उनले एनआरएनको अभियानमा शुरु देखिनै लागिपरेको जनाउँदै एनआरएनका अधुरा कामहरुलाई पूर्णता दिन नै आफनो उम्मेद्वारी रहेको बताए । कार्यक्रममा एनआरएन बहराइनका अध्यक्ष श्याम तामाङ, एनआरएन यूवा संयोजक आशिष शेरचन, एनआरएन दक्षिण कोरिया आइसीसी सदस्य गंगाराज राई, एनआरएन जापान आइसीसी सदस्य अरुण कुमार श्रेष्ठ, एनआरएनका संरक्षकक भीम उदास लगायतको उपस्थिति थियो । यस अघि बर्तमान उपाध्यक्ष क्या. हितमान गुरुङले पनि बेलायतवाट अध्यक्षको उम्मेद्वारी घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>