समाचारशनिबार, आषाढ १, २०७०

महोत्तरी जिल्ला फेल हुने पक्का

हिमालखबर

महोत्तरीको ७६ मध्ये ६३ गाविस न्यूनतम सर्त मापन प्रक्रियामा असफल भएको छ । एमसिपिएममै असफल भएकाले जिल्लामा करोडौँ रुपैयाँको बजेट कटौती भई ६३ गाविस क्षेत्रभित्रका दर्जनौँ विकास योजना प्रभावित हुने देखिन्छ ।

स्थानीय विकास मन्त्रालयले तोकेबमोजिमको तालिकामा योजनाको अपेक्षा सङ्कलन, योजना तर्जुमा गोष्ठीको आयोजना र सम्बन्धित तहको परिषद् गाविसले गराउन नसक्दा जिल्लाको लगभग तीन करोडको बजेट कटौती भएको जिल्ला विकास समिति महोत्तरीले जनाएको छ । राजनीतिक दलहरुको खिचातानी, असहयोग र गाउँमा गई काम गर्ने वातावरण नरहेको कारण निश्चित तालिकामा काम हुन नसकेको महोत्तरीका एक गाविस सचिव बताउँछन् ।

जिल्लाको विकास निर्माण कार्यको नेतृत्वकर्ता जिविस महोत्तरी नै पछिल्लो चार वर्षदेखि लगातार एमसिपिएममा असफल हुँदै आएको भएपनि जिल्लाका भङ्गहा, भटौलिया, धीरापुर, गैढाभेटपुर, गौरीवास, हल्खोरी, हत्तिसर्वा, मटिहानी, नैन्ही, पर्सापतैली, पोखरभिन्डा सङ्ग्रामपुर, सोनमा र रतौलीलगायतका १३ वटा गाविस भने एमसिपिएममा उत्तीर्ण भएका छन् ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>