थप समाचारशनिबार, आषाढ १, २०७०
फिलिपिन्सका राष्ट्रपतिको मोबाइल फोन नम्बर ह्याकरद्वारा सार्वजनिक
राष्ट्रपतिका प्रवक्ताले यसलाई साइबर आक्रमणको सङ्ज्ञा दिएका छन् । प्रवक्ता रिकी कारानदाङले यी नम्बर राष्ट्रपतिकै हो भन्ने कुरा पुष्टि भने गर्न चाहेनन् । उनले यसले राष्ट्रपतिको व्यक्तिगत सुरक्षा वा राज्यको गोपनीयता भङ्ग गरेको भन्ने कुरामा पनि टिप्पणी गर्न चाहेनन् ।
उनले यो सामान्य रूपमा साइबर आक्रमण भएको बताए । यी नम्बर ह्याकरले एक व्यक्तिको फेसबुकमा राखिदिएको थियो । ह्याकरले राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । हाल यी नम्बरले काम गरेका छैनन् ।
ह्याकरले फेसबुकमा फिलिपिन्सका जनताले धेरै विषयमा जानकारी जवाफ नपाएको र आफूले पठाएको पत्र राष्ट्रपतिले पाएको वा नपाएको भन्ने सम्बन्धमा जानकारी पनि नपाउने गरेको उल्लेख गरेका छन् ।
उसले आफू ‘एनोनिमस फिलिपिन्स’ नामक ह्याकर समूहको सदस्य भएको र सरकारी कार्यालयका अनेकौँ वेबसाइटलाई प्रभावित बनाएको उल्लेख गरेका छन् । यो फेसबुकमा राखिएको विवरण ट्विटर माइक्रो ब्लगमा समेत यसै नामबाट वितरण हुन्छ ।एएफपी
