समाचारआइतबार, आषाढ २, २०७०
त्रिशूलीमा डुबेर पाँच बेपत्ता
पौडी खेल्न गएका छ जनामध्ये पाँचजनालाई १ असारमा बगाएको र एक जना सकुशल रहेको स्थानीयको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मुग्लिन चितवनले जनाएको छ । बेपत्ता हुनेहरूमा चितवन चोबीसकोटीकी अन्दाजी १८ वर्षीया मोनिका रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता रेग्मी र जनक रावत बेपत्ता भएका छन् भने प्रशान्त रेग्मी सकुशल रहेको मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।रासस
