समाचारसोमबार, आषाढ ३, २०७०

महाकालीको बीचमा थुनिएका २३ जनाको उद्धार

हिमालखबर

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र ट्रिपरसहित २ जेठ राति आठ बजे बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरु पिपरैया नजिकैको महाकाली नदीको बीच भङ्गालोमा नदीमा आएको बाढीका कारण थुनिएका थिए । नदीको बीच भागमा मजदुरहरू फसेको थाहा पाउने बित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले रातभर उद्धारको प्रयास थाले पनि नदीमा पानीको बहाव उच्च भएकाले उद्धार गर्न सकेका थिएनन् ।

क्षेत्रीय सदरमुकाम दिपायलबाट हेलिकोप्टर मगाएर फसेका मजदुरहरुको उद्धार गर्ने पहल गरिए पनि खराब मौसमका कारण हेलिकोप्टर आउन नसकेपछि स्थानीय बासिन्दा, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरुले ट्युबको मद्दतले २३ जना मजदुरको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक बिर्खबहादुर रावलले बताए ।

नदीको बीच भागमा रातभर झरिमा भिजेका मजदुरहरुको १६ घन्टापछि उद्धार गरिएको हो । ढुङ्गा र बालुवा ढुवानीका लागि लगिएका तीनवटा ट्रिपर, दुई ट्रक र एक जेसिभी भने नदीको बीच भागमै अलपत्र छन् । पहाडी क्षेत्रमा निरन्तर रुपमा भइरहेको वर्षाका कारण नदीमा पानीको बहाव उच्च बन्दै गएकाले ढुवानीका साधन निकाल्न सकिएको छैन प्रहरी नायव उपरीक्षक रावलले बताए । महाकालीको बहाव बढेर एक लाख ६२ हजार क्यूसेक पुगेको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>