समाचारसोमबार, आषाढ ३, २०७०
राष्ट्रपति यादव जापान प्रस्थान

जापान प्रस्थान गर्नुअघि काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति डा. रामवरण यादव । तस्वीरः देवकी विष्ट/हिमालखबर
राष्ट्रपति यादव ३ असार अपरान्ह २ बजे थाई एयरको विमानबाट बैंकक हुँदै जापान गएका हुन । उनी ४ असार अपरान्ह टोकियो पुग्दैछन् । यादव ठूलो आन्द्रामा दाग देखिएपछि क्यान्सरको आशंकामा थप परिक्षण लागि जापान गएका हुन ।
राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक डा. यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढुङ्गेल, शिष्टाचार महापाल निरञ्जन मानसिंह वस्न्यात, तीन सुरक्षाकर्मी र सहयोगी गोरखबहादुर तामाङ गरी १० जना छन् ।
मन्त्रिपरिषद् बैठकले २ असारमा राष्ट्रपतिलाई विदेश पठाउने र उपचार खर्च सरकारले व्यवहोर्ने निर्णय गरेको थियो ।
