थप समाचारसोमबार, आषाढ ३, २०७०

भारतमा बाढीबाट छब्बीसको मृत्यु

हिमालखबर

वर्षाका कारण आएका बाढी, पहिरो तथा घर भत्कदा ३ जेठमा २६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी हराइरहेको उत्तराखण्ड प्रकोप व्यवस्थापन केन्द्रका निर्देशक पीयूष रौतेलाले जानकारी दिए ।

सप्ताहको अन्त्यमा अकस्मात् नयाँ दिल्लीमा वर्षा आरम्भ भयो । यसका कारण यहाँका अन्तर्राष्ट्रिय तथा घरेलु विमानस्थलका कक्षहरूमा बाढी देखा परे र नगरको केही भागमा यातायात ठप्प भयो ।

उत्तराखण्ड राज्यमा हालसम्मकै सबैभन्दा बढी वर्षाका कारण दुई दर्जनभन्दा बढी व्यक्तिले आफ्नो ज्यान गुमाएको अधिकारीहरूले बताए ।

देहरादुनमा एक परिवारको घर भत्कदा एक बालकसहित सो परिवारका तीन व्यक्तिको मृत्युभएको रौतेलाले बताए । अनेकौँ घर बगाएको र भग्नावशेषमा मानिसहरू च्यापिएको बताइएको छ । उनले धेरै व्यक्ति हराइरहेको अवस्थामा मर्नेको सङ्ख्या बढ्नसक्ने उल्लेख गरे ।

यस राज्यमा नदीमा पानीको सतह निरन्तर रूपमा बढिरहेको, सडकमा पानी पसेको र सयौँ तीर्थयात्री मार्गमा अलपत्र परेको बताइएको छ । हिमाञ्चल प्रदेशमा पनि पहिरोका कारण चार व्यक्तिको मृत्युभएको तथा पाँच अन्यको मृत्युभएको आशङ्का गरिएको स्थानीय प्रहरी अधिकारीले टेलिफोनमा बताए ।

किन्नौर गाउँमा एक घरमा पहिरो पर्दा एकै परिवारका तीन बालबालिकाका साथै पाँच व्यक्ति पुरिएको त्यहाँका प्रहरी प्रमुख जी शिवले बताए । वर्षाका कारण मुम्बईमा पनि यातायात अबरुद्ध बनेको छ ।

भारतको जलवायु विज्ञान विभागका निर्देशक वी.पी. यादवले सन् १९६० को जुन २१ मा मात्र यत्ति छिटो मनुसुनले मुलुकलाई ढाकेको देखिएको बताए । शीघ्र वर्षाका कारण मुलुकको कृषिक्षेत्रलाई सहयोग पुग्ने अनुमान गरिएको छ ।एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>