समाचारमंगलबार, आषाढ ४, २०७०

प्रहरी तालिममा १४ बेहोस

हिमालखबर

कोशी अञ्चल अस्पतालमा उपचारत प्रहरीहरू । तस्वीरः कमल रिमाल

तालिममा दौड्दा गर्मीका कारण विराटनगरमा ४ असारमा दुई महिला सहित १४ प्रहरी घाइते भएका छन् । उनीहरूको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गरिएको छ ।
तीन घण्टाको उपचारपछि सात जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने बा“कीको आकस्मिक कक्षमा राखेर उपचार भईरहेको प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले जानकारी दिए । बेहोस मध्ये जवान आताराम राईको अवस्था गम्भिर छ । उनलाई आइसीयुमा राख्नु पर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

परिक्षात्मक दौडमा रहेका ६३ जना मध्ये १४ जना बेहोस भएका हुन् । सहायक निरीक्षकको तालिम सकिन लागेकाले फाइनलमा १० किलोमिटरको दौड गराइएको थियो भने जवानहरुलाई २५ सय मिटरमा प्रतिस्पर्धा गराइएको थियो ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>