थप समाचारमंगलबार, आषाढ ४, २०७०

सेनाद्धारा बाढी पीडितको उद्धार

हिमालखबर

२ असार रातिदेखिको बर्षाले महाकाली नदीमा भिषण बाढी आएपछि खलङ्गा गाविसका ४ र ५ नम्बर वडाका विस्थापित करिव तीनसय घरपरिवारका खाद्य वस्तु, लत्ताकपडा, फर्निचर र अन्य सामानहरु सेनाले सुरक्षित स्थानमा पुर्याइदिएको हो ।

उद्धार कार्यमा ३ असार विहानदेखि ८१ जना सैनिक निरन्तर खटेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी सरकारी कार्यालय, स्कुल, स्वास्थ्य चौकी र बन कार्यालयका फर्निचर तथा कागजातहरु पनि सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ ।

करिव ६७ घर टहराहरु पूर्ण रुपमा क्षति भएको, करिव तीन सय घर परिवारहरु विस्थापित भएको साथै बाढी कटानको प्रभावले करिव २५ सय जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उद्धारका लागि नेपाली सेनाको एउटा हेलिकप्टर दिपायलमा तयारी अवस्थामा राखिएको, साथै बर्दिया र कैलालीका बाढी पीडितहरुको उद्धारका लागि अर्को हेलिकप्टर पठाइएको पनि विज्ञप्तीमा उल्लेख छ ।

कालीकोट र हुम्लामा वर्षाबाट प्रभावितहरुको उद्धारका लागि पनि सेना परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>