समाचारबुधबार, आषाढ ५, २०७०
बाढीले सुदूरपश्चिममा कम्तिमा १० को मुत्यु
महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाममा ५२ घरसँगै डडेल्धुरा र कञ्चनुरमा दर्जनौं घर डुवानमा परेका छन् । अविरले वर्षासँगै आएको पहिरोमा परी बैतडीमा पाँच जनाको मृत्यु भएको छ । सिद्धेश्वर गाविस–९ को खोड्पेमा पहिरोले रामसिंह ऐरको घर पुरिदा पत्नी, छोरा, भाईबुहारी र भतिजा भतिजी पुरिएका हुन् ।
२६ वर्षीया भाईबुहारी सीता, एक वर्षीय छोरा अर्जुन, तीन वर्षीया छोरी बिन्देश्वरी र ३४ वर्षीया पत्नी कलावतीको शव भेटिएको खोड्पे इलाका प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षीया छोरा परमेश्वर फेला परेका छैनन् भने खोजी जारी रहेको छ ।
तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङगाका ७२ घर बगेका छन् भने एक जनाको मृत्यु भएको छ । दमर्चुला प्रहरीका अनुसार सर्वसाधारणका ५९ र १३ सरकारी कार्यालय बगेका छन् । घर बगेपछि दुई हजार पाँच सय व्यक्ति घरवारविहीन भएकाका छन् । बाढीमा परी ३८ वर्षीया सरस्वती रैकालको मृत्यु भएको हो ।
अछामको कुन्तीबन्डाली–३ मिनेन्द्र बोगटीको घर भत्किँदा उनको पत्नी अनिशा र ४ वर्षीया छोरी रविनाको ज्यान गएको प्रहरीले जनाएको छ । मिनबहादुर र उनका दुई छोरा घाइते भएका छन् । त्यस्तै यस्तै डोटीमा रोपाईं गर्न जाने क्रममा खोलामा बगेर गगुडा–३ की ४१ वर्षीया देवी बोगटीको मृत्यु भएको डोटी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बझाङगको लेकगाउँ गाविस ७ मा स्थानीय थिमीखोलाको बाढीले बगाउँदा १५ वर्षीय करण चलाउनेको ज्यान गएको छ । यसैगरी भारतको धार्चुलामा पर्ने लखनपुरमा गएराती पहिरोमा पुरिएर जाजरकोटका ३० वर्षिय प्रेम हमालको मृत्यु भएको छ ।
महाकाली नदीको बाढीले कञ्चनपुरको दोधारा, चाँदनी र भीमदत्त नगरपालिका ११ को भुजेला क्षेत्रका नदी किनारको बस्तीमा महाकालीमा आएको बाढी बस्न थालेपछि करिब १५० परिवार बिस्थापित भएका छन् । दोधारा गाविस ६ र ७ वडाका ४३ परिवार ३ असार रातिदेखि बिस्थापित भई नजिकैको शारदा उच्च माविमा आश्रय लिएका छन् । त्यस्तै, चाँदनी गाविसका ६० परिवार सुरक्षित स्थानमा सरेका छन् । महाकाली वारी भुजेलाका करिब ६० परिवार बस्तीमा पानी पस्न थालेपछि आफन्तकहाँ र सुरक्षित स्थानमा सरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
महाकादीमा अहिलेसम्मकै उच्च बाढी आएको छ । ३ असार महाकालीको बहाब चार लाख ४० हजार क्यूसेक मापन गरिएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि तीन दिनदेखि नेपाल भारतको बनबास पुलमा आवतजावत बन्द गरिएको । पानी पर्न रोकिएपनि महाकाली नदीमा पानीको बहाव घटेको छैन ।
बच्चु बिक, धनगढी
