समाचारबुधबार, आषाढ ५, २०७०

बाढीका मृतकका परिवारलाई ४० हजार

हिमालखबर

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा ५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल राहत दिने निर्णय भएको रेग्मीका प्रेस सल्लाहका विमल गौतमले जानकारी दिए । बैठकले रु. ४० करोड प्रधानमन्त्री राहत कोशमा पुर्याउने निर्णय समेत गरेको छ ।

अध्यक्ष रेग्मीले बाढी पीडितलाई राहत वितरण गर्न र थप क्षति हुनबाट रोक्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । बैठकमा गृह मन्त्री माधव घिमिरेले उद्धारमा तीन वटै सुरक्षा निकाय र सेनाको हेलिकप्टर प्रयोग गरिने जानकारी गराएका थिए ।

गृह मन्त्रालयका अनुसार ४ असार साँझसम्म १८ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>