समाचारबुधबार, आषाढ ५, २०७०
शिक्षकको झगडा, मारमा विद्यार्थी
ललितपुरको डिएभी स्कुलका शिक्षक मुकेश मिश्रमाथि कुटपिट गर्ने सोही विद्यालयका शिक्षकलाई कारबाही र उनलाई कक्षा उपलब्ध गराउन माग राख्दै अखिल नेपाल शिक्षक सङ्गठन र अनेरास्ववियु क्रान्तिकारीले ५ असार ललितपुरका शिक्षण संस्था बन्द गरेका छन् ।
विद्यालयका सहप्रधानाध्यापक रामचन्द्र खनाल र प्रशान्त तामाङले शिक्षक मिश्रलाई कुटपिट गरेपछि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकामा कारबाही नगरेको भन्दै
शिक्षक सङ्गठनको दबावमा पुनःवहाली गरे पनि पढाउन कक्षा उपलब्ध नगराएको जनाउँदै जिल्लाभरका शिक्षण संस्था बन्द गरेका हुन् ।
लामो समयदेखि तलब नपाएको विषयलाई कुरा गर्दा आफूमाथि कुटपिट भएको र सो विषयमा प्रहरीमा उजुरी गरेको इबी झिकेर आफूलाई अझै पनि मानसिक यातना र दुव्र्यवहार गर्ने गरिएको शिक्षक मिश्रले गुनासो गरे ।
एक शिक्षकले पढाउने कक्षा उपलब्ध गराउन दबाबका लागि गरिएको शिक्षण संस्था बन्दमा एक हजार २८३ वटा विद्यालय बन्द भएका छन् ।रासस
