समाचारबुधबार, आषाढ ५, २०७०
दलितवस्तीमा आक्रमण गर्नेलाई कारवाहीको माग
दलित नागरिक समाजले ५ असारमा राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले मुख्य दोषीलँई कारवाहीको माग गरेका हुन । नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले आक्रमणमा संलग्नलाई कारवाही तथा अन्य समुदायलाई काउन्सिलिङ गर्नुपर्ने बताए । मानवअधिकारकर्मी सुशील प्याकुरेलले कथित दलित समुदायको समस्याको राजनीतिक समाधान खोन्ज नसक्दा यस्ता घट्ना दोहोरिने गरेको बताए ।
भक्त विश्वकर्माको संयोजकत्वमा गठित टोलीले स्थलगत अध्ययनपछि पीडित पक्षले स्थानीय इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमाथि प्रहरीले सुनुवाई नगर्दा यो समस्या झन–झन गम्भिर बन्दै गएको निश्कर्ष निकालेको छ ।
३० बैशाखमा रौतहटको पिपरिया दोस्तिया–८ मा रहेको मन्दिरमा प्रवेश गर्न लागेको निहुमा २४ जेठमा योजना बद्धरुपले सयौको संख्यामा आएका गैरदलितहरूले दलित बस्तीमा आक्रमण गरेका थिए । पिडित पक्षले उजुरी फिर्ता नलिएको भन्दै गैर–दलितहरुले दलितहरुको घर तोडफोड, पशुचौपायामाथि आक्रमण, अन्नबाली लुटपात गरेका थिए ।
देबकी विष्ट, काठमाडौं
